• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला

भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला


  • 1.6K
    SHARES
    • भाद्र १२, २०८३ शुक्रबार
    • ३ हप्ता अघि
    • 2.5K Views

    भोटेकोशी बाढी : पाँच सय ४७ जनाको शव फेला

    काठमाडौँ, भदौ १२ । नेपाल प्रहरीले शुक्रबार अपरान्ह ३ बजेसम्म पाँच  सय ४७ जनाको शव फेला परेको जानकारी दिएको छ । 

    images

    नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, नवलपरासी पूर्वमा १३४ जना, नुवाकोटामा ३७ जना, चितवनमा २२१ जना, तनहुँमा २९ जना र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो । 

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि चार हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । 

    हालसम्म सम्पर्कविहीन रहेका २८ जना प्रहरी कर्मचारीमध्ये एक प्रहरी मृत फेला परेका छन् । घाइते तथा उद्धार गरिएको सङ्ख्या एक हजार ४७३ रहेको छ । 

    काठमाडौँ उपत्यकाको विभिन्न अस्पतालहरुमा उपचाररत तथा डिस्चार्ज भएका व्यक्तिहरुको सङ्ख्या ९४ छ । 


    तेस्रो आँखा