काठमाडौँ, भदौ १२ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको हो ।
हाल देशभर साधारणतया बादल लागेको छ भने गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आइतबार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
