• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढीः ६२६ शव फेला, २४ सय २६ सम्पर्कविहीन

भोटेकोशी बाढीः ६२६ शव फेला, २४ सय २६ सम्पर्कविहीन


  • 4.2K
    SHARES
    • भाद्र १३, २०८३ शनिबार
    • २ हप्ता अघि
    • 6.5K Views

    भोटेकोशी बाढीः ६२६ शव फेला, २४ सय २६ सम्पर्कविहीन

    काठमाडौँ, भदौ १३  ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म छ सय २६ जनाको शव फेला परेको छ । 

    images

    प्राधिकरणका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ५१ जना, धादिङमा ४५ जना, गोरखामा ४८ जना, नवलपरासी पूर्वमा १५८ जना, चितवनमा २३३ जना, तनहुँमा ३१ जना र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो । 

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि १५ हजार २२४ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी चार हजार ८११, नेपाली सेना छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपाल तीन हजार ६५८ जना रहेका छन् ।

    दुई हजार ४२६ जना सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरी २७ जना, नेपाली सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३  जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका चार जना, रसुवामा ५६२ जना, नुवाकोटमा एक सय १५ जना, जलविद्युत आयोजनाहरुमा ९३३ जना, मकवानपुरमा ६५ जना, विदेशी नागरिक ५१७ जना, नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना र लाङटाङ राष्ट्रिय निकुञ्जमा ३ जना सम्पर्कविहीन बनेको पछिल्लो सूचना छ । 

    हालसम्म चार हजार ४५१ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट १९१ जना र हवाई उद्वार ५१७ जनाको गरिएको छ ।

    विदेशी नागरिक १२९ जनाको उद्धार भएको छ । उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरि १६ वटा हेलिकप्टरबाट ९९ हवाइ उडान भएको प्राधिकरणले जानकारी दिएको छ । 

    अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या १०१ जना रहेको छ । यसका लागि सर्जिकल मेडिकल टिम समेत परिचालन गरिएको प्राधिकरणले जानकारी दिएको छ ।


    तेस्रो आँखा