• ट्रेण्डिङ्ग :
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह


  • 2.0K
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 3.1K Views

    भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, भदौ १४ । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  

    images

    सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको  जानकारी दिनुभयो ।   

    यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।


    तेस्रो आँखा