• ट्रेण्डिङ्ग :
भोटेकोशीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

भोटेकोशीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ


  • 1.1K
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 1.7K Views

    भोटेकोशीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

    रसुवा, भदौ १४ गते । भोटेकोशी नदीमा आइतबार बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

    images

    ठुलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटबाट धेरै माथि रहेका धुञ्चेवासीसमेत माथिल्तिर अवस्थित अस्पताल क्षेत्र तथा खेलमैदानमा एकीकृत भई बसेका थिए । अहिले पानीको बहाव घट्न थालेसँगै स्थानीयवासी आआफ्नो घरतर्फ लागेका छन् ।

    बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरेको र नुवाकोट प्रशासनले सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारीप्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताउनुभयो ।  

    यसैबिच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकोप्टर बाढीप्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको र पुनः बाढीपछिको क्षतिको विवरण प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । रासस 


    तेस्रो आँखा