• ट्रेण्डिङ्ग :
सप्तकोशीका सहायक नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

सप्तकोशीका सहायक नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह


  • 1.3K
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 2.0K Views

    सप्तकोशीका सहायक नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

    इनरुवा, भदौ १४ गते । सप्तकोशीका माथिल्लो क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढेपछि कोशी क्षेत्रमा स्थानीयलाई सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार सूचना जारी गर्दै सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको जानकारी दिँदै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो ।

    प्रहरीले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई माछा मार्ने, दाउरा टिप्ने, सेल्फी खिच्ने तथा भिडियो बनाउनेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ ।

    सम्भावित जोखिमलाई ध्यानमा राखी नागरिकलाई सचेत रहन तथा आवश्यक सुरक्षाका उपाय अपनाउन प्रहरीले आह्वान गरेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।


    तेस्रो आँखा