• ट्रेण्डिङ्ग :
भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो


  • 2.7K
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 4.2K Views

    भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

    काठमाडौँ, भदौ १३  ।  रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ ।

    images

    नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ ।

    विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २५ सय दुई जना सम्पर्कविहीन छन् । 

    नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५६२ जना, नुवाकोटमा ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९  जना, विदेशी पर्यटकसँग घुम्न गएका १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन् । 

    प्राधिकरणका अनुसार हालसम्म आठ हजार ७३० जनाको उद्धार भएको छ ।


    तेस्रो आँखा