• ट्रेण्डिङ्ग :
देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना


  • 1.7K
    SHARES
    • भाद्र १५, २०८३ सोमबार
    • २ हप्ता अघि
    • 2.5K Views

    देशभर मनसुनी वायुको प्रभाव : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, भदौ १४ ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । 

    images

    महाशाखाका अनुसार अहिले कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आइतबार राति कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    सोमबार देशभर साधारणतया बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ । सो दिन देशको पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    मङ्गलबार पनि देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म्को वर्षा, हिमपातको सम्भावना छ । देशको पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    तेस्रो आँखा