• ट्रेण्डिङ्ग :
‘नेपालको विपत् भारतको पनि विपत् हो’

‘नेपालको विपत् भारतको पनि विपत् हो’


  • 1.3K
    SHARES
    • भाद्र १६, २०८३ मंगलबार
    • २ हप्ता अघि
    • 1.9K Views

    ‘नेपालको विपत् भारतको पनि विपत् हो’

    नेपालगन्ज, भदौ १६ । भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालमाथि आउने कुनै पनि दुःख र पीडामा सबैभन्दा बढी दुःखी भारत हुने गरेको जनाउँदै अहिलेको विपत्मा भारतको सहयोग अन्तिम समयसम्म जारी रहने बताउनुभएको छ । 

    images

    नेपाल–भारत सिमानाको रुपैडिहास्थित नेपालगन्ज रोड रेल स्टेसनमा ब्राडगेज रेल सेवाको सोमबार शुभारम्भ गर्दै मुख्यमन्त्री योगीले नेपालमा आएको अहिलेको विपत् नेपालको मात्र नभई भारतको पनि विपत् भएको जनाउनुभयो । विपत्मा परेर धेरै भारतीय नागरिकको पनि ज्यान गएको उहाँले बताउनुभयो । 

    उहाँले बाढीको पहिलो दिनबाटै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आवश्यक सहयोग पठाउँदै आउनुभएको र सहयोग निरन्तर जारी रहने प्रस्ट पार्नुभयो । नेपालमा यस पटक आएको बाढीबाट भएको जनधनको क्षति अपूरणीय रहेको जनाउँदै मुख्यमन्त्री योगीले आफ्नो सबैभन्दा नजिकको छिमेकी नेपाललाई फेरि पुरानै लयमा फर्काउन भारतले हरेक प्रकारको सहयोग जारी राख्ने बताउनुभयो । 

    उहाँले केही वर्षअघि भूकम्पका बेला पनि नेपाललाई भारतले ठुलो सहयोग गरेको स्मरण गर्दै नेपालका हरेक दुःखमा भारतले सबैभन्दा अगाडि बढेर सहयोग गर्दै आएको जनाउनुभयो । 

    मुख्यमन्त्री योगीले नेपालगन्ज रोडबाट भारतका प्रसिद्ध धार्मिकस्थलहरू अयोध्या, गोरखपुर हुँदै बनारस पुग्ने यो ब्राडगेज रेल सेवाले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई झनै प्रगाढ बनाउने बताउनुभयो । 

    उहाँले भन्नुभयो, “यो एउटा सामान्य रेल सञ्चालन मात्र होइन, यसले नेपाल र भारत दुवै देशको धार्मिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ पार्नुका साथै आर्थिक विकासको नयाँ सम्भावना र ढोकाहरू पनि खोल्ने छ ।”सो अवसरमा भर्चुअल माध्यमबाट बोल्दै भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले देशभरिका नेपाल–भारत सिमानाबाट रेल सेवालाई विस्तार र विकास गर्ने योजना रहेको जनाउँदै अहिले सुरु गरिएको सेवा पनि सोही योजना अन्तर्गत नै गरिएको बताउनुभयो । 

      


    तेस्रो आँखा