काठमाडौँ, भदौ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सङ्घीय संसदबाट पारित भइ प्रमाणीकरण हुन आएको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक प्रमाणीकरण गरिएको उहाँको भनाइ छ ।
