नेपालमा यतिबेला आमसञ्चारका माध्यमको संख्या बढेको छ । हामी पनि यसमा थपिन आइपुगेका छौं ।
हामी अर्थात डी.बी. मिडिया ग्रुप प्रा.लि.द्रारा हामीले हाललाई तेस्रो आँखा अनलाइन पत्रिका चलाइरहेका छौँ यो त प्रारम्भ हो । हाम्रो लक्ष्य टेलिभिजन चलाउनेसम्मको छ ।
अहिले हामी तेस्रो आँखा अनलाइन पत्रिकामार्फत तपाईं समक्ष उपस्थित छौं । यस पत्रिकामार्फत हामी सूचनाको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्छौं ।
तेस्रो आँखामा हामी खोजमूलक र घटनासँग सम्बन्धित विषयवस्तु सम्प्रेषण गर्छौं । आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु उजागर गर्न सदा तत्पर रहने छौं । तेस्रो आँखा ले राज्यका हरेक तहका लुकाइएका तथा लुकाउन खोजिएका सूचना सहज र सरल ढङ्गबाट नागरिकका लागि सम्प्रेरषण गर्ने छ । तेस्रो आँखाले जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउने लक्ष्य लिएको छ।सुशासन र पादर्शिताका विषयमा तीन वटै तहका सरकारलाई खबरदारी गर्ने छ।राम्रा काममा उनीहरूसँग हातेमालो गर्न कत्ति पनि पछि पर्ने छैन ।
तेस्रो आँखाले पस्कने सामग्रीमा दलीय संकीणर्ता हुनेछैन।दलभन्दा राज्य र नागरिक हाम्रा प्राथमिकतामा रहने छन ।यो हाम्रो मान्यता हो ।