• ट्रेण्डिङ्ग :
असोज ११ देखि १३ गतेसम्म पर्यटन महोत्सव, तोक्मे-पाथीभरा म्याराथन !

असोज ११ देखि १३ गतेसम्म पर्यटन महोत्सव, तोक्मे-पाथीभरा म्याराथन !


कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्राका साथै कृषिमेला, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट, मेयर कप भलिबल प्रतियोगितासँगै लोक सांस्कृतिक कार्यक्रम गरिनेछ ।

  • 7.3K
    SHARES
    • भाद्र ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    असोज ११ देखि १३ गतेसम्म पर्यटन महोत्सव, तोक्मे-पाथीभरा म्याराथन !

    फुङलिङ । ताप्लेजुङका  धार्मिक तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । आगामी असोज ११ देखि १३ गतेसम्म महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ । 

    images

    समिति अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचार तथा पर्यटकीय प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिए । म्याराथन भने सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरु भई काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ । महोत्सवमा खुला म्याराथन तोक्मेबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ ।

    कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्रा गरिनेछ । साथै कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट (सिरानी बोकेर फाइट खेल्ने), हाँडी फुटाइ, मेयर कप भलिबल प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने उनले बताए ।

    महोत्सवका अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया, खाद्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनीलगायत कर्यक्रम आयोजना गरिनेछन् । महोत्सवको मुख्य आकर्षक म्याराथन दौड तोक्मेदेखि पाथीभरा मन्दिरसम्म हुनेछ । त्यस्तै महिला हाफ म्याराथन तोक्मेदेखि काफ्लेपाटीसम्म हुनेछ । महोत्सव सञ्चालनका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।