• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए


  • 6.4K
    SHARES
    • भाद्र १२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

    सुर्खेत। कर्णाली प्रदेशका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आइतबार दिउँसो मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा बुझाएका हुन् ।

    images

    माओवादी केन्द्रले मुख्यमन्त्री शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाएको थियो । उक्त निर्णय अनुसार नै दुई मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृतसमेत गरिसकेका छन् ।

    मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले सोमबार नियुक्त गर्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • तेस्रो आँखा
    लेखकबाट थप