• ट्रेण्डिङ्ग :
कर्णालीमा शाह र कामी मन्त्री नियुक्त

कर्णालीमा शाह र कामी मन्त्री नियुक्त


  • 5.5K
    SHARES
    • भाद्र १३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    कर्णालीमा शाह र कामी मन्त्री नियुक्त

    सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामी नियुक्त भएका छन् ।

    images

    नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले मन्त्रीमा सिफारिस गरेका माओवादी केन्द्र प्रदेशसभा दलका प्रमुख सचेतक शाह र प्रदेशसभा सदस्य कामीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार योजना र ऊर्जा विकासमन्त्रीमा शाह र कामीलाई नियुक्त गरेका हुन् ।

    माओवादी केन्द्रले प्रदेश सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएसँगै दुवै मन्त्रीले आइतबार मुख्यमन्त्री शाहीसमक्ष राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा मुख्यमन्त्री शाहीले शाह र कामीलाई मन्त्रीमा नियुक्त गरे ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो ३ बजे उनीहरुलाई शपथ ग्रहण गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कर्णालीमा शाह र कामी मन्त्री नियुक्त

  • तेस्रो आँखा