• ट्रेण्डिङ्ग :
‘झापा १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दैनँ’

‘झापा १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दैनँ’


  • 5.0K
    SHARES
    • भाद्र १५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    ‘झापा १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव लड्दैनँ’

    झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन् ।

    images

    काठमाडौँ-५ कि झापा-१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन् । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे । उनले भने, ‘यो तेस्रोपटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।’

    तर शर्माले आफू उम्मेद्‌वार हुने/नहुने भन्ने विषयको टुंगो नलागेको बताए । चुनाव जित्ने दाबी गरकेा शर्माले तीनपटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब-किताब गरेर मात्रै उम्मेद्‌वार बन्ने बताए । संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा-१ माओवादीको भागमा पर्न सक्ने संकेत गरे । 

    उनले आफू उम्मेद्‌वार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पारे । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भने, ‘पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।’

    २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।