हुम्ला । हुम्ला जिल्ला एक विशिष्ट पहिचान बोकेको ठाउँ हो । यहाँ रहेका हरेक गाउँ ठाउँ महत्त्वपूर्ण पहिचान बोकेर उभिएका छन् । प्राकृतिक रुपले मनोरम यो ठाउँ संस्कृतिका लागि पनि धनी छ । यहाँ बोलिने भाषा, मनाइँने चाडपर्व, अपनाइने संस्कृतिले आन्तरिक पर्यटक मात्र नभएर बाह्य पर्यटक पनि आकर्षित छन् । हरेक वर्ष यस्ता प्राकृतिक सम्पदा, चालचलन र रहन सहन बुझ्न अनि रमाउन विदेशी पाहुना उल्लेख्य संख्यामा आउने गरेका छन् ।
यहाँ सुन्दर हिमाली भूगोलको क्यान्भासको नमुनाका रुपमा लिमी उपत्यका रहेको छ । यो बस्ती लुकेको सुन्दर हिमाल भित्रको स्थान हो । हुम्ला आफैंमा नमुना र पर्यटकको आकर्षक ठाउँ भए पनि अझ यसलाई व्यवस्थित बनाउन आवश्यक छ । यस ठाउँको विकास गर्न आकर्षक गुरुगुरुयोजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।
भदौको पहिलो सातादेखि कात्तिकको पहिलो साता हुम्ला घुम्नका लागि उपयुक्त समय हो । यो बेलामा हुस्सु पनि नलाग्ने र वर्षा पनि कम हुने हुनाले दृश्यावलोकनका लागि उत्तम हो । प्राकृतिक सौन्दर्य र उत्तरमा रहेका हिमताल, नदीनाला, जंगली वन्यजन्तुको आवास, आहार-विहारको सौन्दर्य मज्जाले हेर्न सकिने हुनाले यस जिल्लाले देशविदेशमा प्रसिद्धि कमाउँदै गएको छ ।



तस्बिरहरू : सिता परियार
