• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशमा दाङका चार मन्त्री

लुम्बिनी प्रदेशमा दाङका चार मन्त्री


  • 12.6K
    SHARES
    • आश्विन २४, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 19.4K Views

    लुम्बिनी प्रदेशमा दाङका चार मन्त्री

    आईतबार पूर्णता पाएको लुम्बिनी प्रदेश सरकारमा दाङले चार जना मन्त्री पाएको छ । आईतबार मात्रै दाङका एक मन्त्री र दुई राज्यमन्त्री सहित तीनजना मन्त्रीले सपथ लिएका छन् । २८ साउनमा गठन भएको कुलप्रसाद केसी नेतृत्वको सरकारमा मुख्यमन्त्री केसीसंगै दाङका डिल्ली बहादुर चौधरी पर्यटन , ग्रामिण तथा सहरी बिकास मन्त्री बनेका थिए ।

    images

    आईतबार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका ईन्द्रजीत चौधरी बने । यसैगरि दाङकै अर्जुन श्रेष्ठ उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री बने भने दाङकै बिमला खत्री ओली स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिनन् । सरकारमा चार जना मन्त्रीको प्रतिनिधित्व भएपछि दाङमा स्थायी राजधानी कार्यान्वयनमा सहज हुने आशा गरिएको छ ।  


    तेस्रो आँखा