• ट्रेण्डिङ्ग :
जाजरकोटमा वित्तीय साक्षरता र नीतिगत व्यवस्थासम्बन्धी अन्तर्क्रिया

जाजरकोटमा वित्तीय साक्षरता र नीतिगत व्यवस्थासम्बन्धी अन्तर्क्रिया


  • 6.8K
    SHARES
    • भाद्र २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    जाजरकोटमा वित्तीय साक्षरता र नीतिगत व्यवस्थासम्बन्धी अन्तर्क्रिया

    काठमाडौं । नेपाल बैंकर्स संघ कर्णाली प्रदेश समितिले वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्थासम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । 

    images

    संघले भदौ २१ गते जाजरकोटको खलंगामा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलको अध्यक्षता कार्यक्रम गरेको हो । कार्यक्रममा अतिथिका रुपमा सांसद गणेशप्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समिति प्रमुख कालिबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, बिमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति थियो । 
     
    कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले कार्यक्रम प्रभावकारी तथा जानकारीमूलक भएको र भविष्यमा समेत पुनः यस प्रकारका कार्यक्रम आयोजना गर्न सुझाएका थिए ।