• ट्रेण्डिङ्ग :
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन
दाङ कांग्रेस : प्रभावशाली युवा नेता दीपक गिरीदेखि शंकर डाँगीसम्म सिफारिस

दाङ कांग्रेस : प्रभावशाली युवा नेता दीपक गिरीदेखि शंकर डाँगीसम्म सिफारिस


  • 7.6K
    SHARES
    • भाद्र २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    दाङ कांग्रेस : प्रभावशाली युवा नेता दीपक गिरीदेखि शंकर डाँगीसम्म सिफारिस

    दाङ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस दाङले विभिन्न उम्मेद्‌वारको नाम सिफारिस गरेको छ । यसैक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘क’ र ‘ख’ ले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्‌वारको नाम सिफारिस गरेको छ । 

    images

    दाङबाट प्रतिनिधिसभामा प्रभावशाली नेता दीपक गिरीलगायतलाई आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्‌वारका लागि सिफारिस गरिएको छ । पूर्वमन्त्री गिरीसँगै कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, पूर्वसांसद विजुल विश्वकर्मा, पूर्वक्षेत्रीय सभापति मदन रसिक र राजेन्द्र धितालको नाम सिफारिस भएको हो । यस्तै समानुपातिकतर्फ गेहेन्द्र गिरी, बुद्धिराम भण्डारी, कीर्तिबहादुर खड्का, घनश्याम सुनार, देविका नेपाली घिमिरे र चूर्णबहादुर चौधरीको नाम सिफारिस गरिएको छ । 

    को हुन् कांग्रेसमा गनिएका नेता दीपक गिरी ?

    कांग्रेसका प्रभावशाली नेता गिरी दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि उम्मेद्‌वार सिफारिस भएका छन् । गिरी कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुन् । गिरी २०७० मा भने त्यसै क्षेत्र (तत्कालीन क्षेत्र नम्बर ५) बाट निर्वाचित भई सिँचाइमन्त्रीसमेत बने । 

    गिरी यसअघि दाङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएर सांसद भएका थिए । गिरीको नेपाली विद्यार्थी आन्दोलनमा पनि सशक्त भूमिका रहेको छ । उनले केही समय कोइराला परिवार सँग-सँगै बसेर आफ्नो अध्ययन पूरा गरेका हुन् । 

    कोइराला पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा अघि बढेका गिरी नेपाल विद्यार्थी संघको महामन्त्रीसमेत भए । उनले नेविसंघको नेतृत्व गर्दा शिक्षाको स्तर सुधार गर्न विशेष जोड दिएका थिए । विद्यार्थी हकहितका पक्षमा सशक्त आवाज उठाएका थिए । वास्तवमा नेपाली कांग्रेसभित्र उनी जुझारु तथा ख्यातिप्राप्त युवा नेतामा मानिन्छन् ।  

    यसैबीच, प्रदेशसभामा क्षेत्र नम्बर ३ ‘क’ बाट प्रत्यक्षतर्फक डिल्लीबहादुर चौधरी,शंकर गिरी, देवेन्द्र रिजाल, टोपबहादुर केसी, किरण शाह, डा. नहकुल केसी, युवराज खड्का र एकराज आचार्यको नाम सिफारिस गरिएको छ । यस्तै ‘क’ बाटै समानुपातिकतर्फ महिलामा शुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, कविता शर्मा, केवलावति चौधरी, यमुना शाह र अर्चना रेग्मीको नाम सिफारिस गरिएको छ । यस्तै ३ ‘क’ बाट समानुपातिक पुरुषतर्फ जोगेन्द्र विश्वकर्मा, कृष्णकुमार गिरी, ऋषिराज लहरे, प्रदीप खड्का, टेकबहादुर वलीलगायत १२ जनाको नाम सिफारिस भएको छ । 

    यसैबीच प्रदेशसभाका लागि क्षेत्र नं. ३ ‘ख’ बाट प्रत्यक्षतर्फ शंकरप्रसाद डाँगी, केशवराज आचार्य, टीकाराज घर्तीलगायत ६ जनाको नाम माथिल्लो समितिमा सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ महिलामा पाँचजना र पुरुषतर्फ चारजनाको नाम सिफारिस गरिएको छ । 

    को हुन् प्रदेशसभामा प्रत्यक्षतर्फ सिफारिस नेता शंकर डाँगी ?

    शंकर डाँगी २०७८ मंसिरमा नेपाली कांग्रेस दाङको सभापतिमा निर्वाचित भएका व्यक्ति हुन् । उनले यसअघिको कार्यसमितिमा सचिवको जिम्मेवारी पनि सम्हालेका थिए । विद्यार्थी राजनीति गर्दा उनले विद्यार्थी हकहितका लागि सशक्त आवाज उठाएका थिए ।

    विद्यार्थी राजनीतिबाट उदाउँदै उनी महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति पनि निर्वाचित भए । आफूले आगामी निर्वाचनमा टिकट पाएर निर्वाचित भए दाङको विकासमा अहोरात्र लागि पर्ने उनको प्रतिबद्धता छ । उसो त डाँगी जिल्लामा लोकप्रिय नेताका रुपमा पनि परिचित छन् ।

    विकासप्रेमी तथा जिल्लाका जनजनका दु:खसुखमा साथ दिने नेताको छवि बनाएका डाँगीको विजयी हुने सम्भावना पनि उत्तिकै रहेको दाङवासीमा विश्वास छ । कांग्रेसका नेता-कार्यकर्तासँगै उनी अन्य पार्टीका नेता-कार्यकर्ताबीच पनि उत्तिकै लोकप्रिय मानिन्छन् । उनी पश्चिम दाङको शान्तिनगर गाउँपालिका बाघमारेका हुन् ।

  • सम्बन्धित विषय:

  • # दाङ
  • # प्रतिनिधिसभा
  • # प्रदेशसभा

  • तेस्रो आँखा