• ट्रेण्डिङ्ग :
वीरेन्द्रनगर पनि डेंगुको जोखिममा

वीरेन्द्रनगर पनि डेंगुको जोखिममा


  • 17.4K
    SHARES
    • भाद्र २५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 26.7K Views

    वीरेन्द्रनगर पनि डेंगुको जोखिममा

    सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेङ्गु रोगको उच्च जोखिममा रहेको छ । सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेंगुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच डेंगुका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताए ।

    images

    प्रमखु गिरीका अनुसार यो तथ्यांकबाटै वीरेन्द्रनगर डेंगुको जोखिममा रहेको पाइएको हो । वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा ४ मा छन् । वडा ४ मा १५, ३ मा १४, २ मा १० र वडा नम्बर ६ र ७ मा सात/सातजना बिरामी छन् ।

    डेंगु रोगविरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु नै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरी बताउँछन् ।

    वीरेन्द्रनगरमा डेंगु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ । अघिल्लो वर्ष सुर्खेतका एक सय २८ मध्ये वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका सात सय ९८ मध्ये वीरेन्द्रनगरका मात्रै सात सय ३९ जनामा डेङ्गु रोग देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # वीरेन्द्रनगर

  • तेस्रो आँखा
    लेखकबाट थप