• ट्रेण्डिङ्ग :
१,९२६ अंकमा खुम्चियो सेयर बजार, ७४ करोडको कारोबार

१,९२६ अंकमा खुम्चियो सेयर बजार, ७४ करोडको कारोबार


  • 4.9K
    SHARES
    • भाद्र २६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.6K Views

    १,९२६ अंकमा खुम्चियो सेयर बजार, ७४ करोडको कारोबार

    काठमाडौं । सेयर बजार ओरालो गतिमा लागेको छ । साताको सुरुवाती कारोबार दिन आज (आइतबार) बजार परिसूचक ११ दशमलव ४६ अंकले ओरालो लागेर १,९२६ दशमलव २८ विन्दुमा खुम्चिएको छ । यस्तै सेन्सिटिभ इन्डेक्स दुई दशमलव एक अंकले ओरालो लागेर तीन सय ७४ दशमलव ७३ विन्दुमा झरेको छ । 

    images

    यसदिन १३ उपसमूहअन्तर्गत २२१ कम्पनीको सेयर खरिद-बिक्री भएका छन् । जसबाट २० हजार एक सय २४ पटकको कारोबारमा २५ लाख २४ हजार दुई सय २४ कित्ता सेयर खरिद-बिक्री भएका छन् । सोही खरिद-बिक्रीका आधारमा आइतबार कुल कारोबार रकम ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ रुपैयाँ पुगेको छ ।

    नेप्सेमा आइतबार कारोबार भएका कुल उपसमूहमध्ये अन्य उपसमूहको सूचक चार दशमलव सात अंकले उकालो लागेर १४ सय दुई दशमलव ९१ विन्दुमा चढेको छ । बाँकी उपसमूहको सूचक ओरालो लागेका छन्  ।