• ट्रेण्डिङ्ग :
रुपन्देही गोली काण्ड : औद्योगिक क्षेत्रमा गुमेको संयमता

रुपन्देही गोली काण्ड : औद्योगिक क्षेत्रमा गुमेको संयमता


  • 10.2K
    SHARES
    • आश्विन २५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    रुपन्देही गोली काण्ड : औद्योगिक क्षेत्रमा गुमेको संयमता

    रुपन्देही तिनाउँ नदीको उकास क्षेत्र मोतीपुरको केहि भाग सुकुम्बासीहरुले भोगचलन गर्न थाले । त्यहाँको झण्डै डेढ सय बिघा जति जमिन सुकुम्बासीको नाममा भोगचलन भैरहेको छ । त्यो समेत थप नदी उकास क्षेत्रको ८ सय १३ बिघा ऐलानी जग्गामा तत्कालीन सरकारले २०७२ चैत १ गते औद्योगिक क्षेत्र बनाउने निर्णय गर्यो । तर त्यहाँको जग्गा भोगचलन गर्दै आएका नागरिकहरुले बिरोध जनाए । 
    त्यसोत, गत फागुन २८ मा तत्कालीन सरकारका अर्थमन्त्री बिष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई त्यहाँका स्थानीयले फर्काईदिएका थिए । उनिहरु औद्योगिक क्षेत्र शिलान्यासका लागि भन्दै मोतीपुर पुगेका थिए । तर स्थानीयले कार्यक्रम बिथोलि दिएका थिए ।  
    ‘त्यहाँ बसिरहेका नागरिकहरुसंग उनिहरुको ब्यवस्थापनका बिषयमा धेरै पटक सरोकारवाला पक्ष संग संबाद, छलफल भएको पनि हो,’ रुपन्देही उद्योग बाणिज्य संघका अध्यक्ष माधव पौडेलले भने ‘उनिहरुको उचित व्यवस्थापन गर्ने भन्नेमा सरकार पक्ष थियो ।’

    images

    ५ बर्ष सम्म औद्योगिक क्षेत्र निर्माण गरिसक्ने सरकारको त्यो बेला निर्णय भएको भएपनि ६ बर्ष पुग्दा पनि निर्माणको काम हुन सकेन । ‘औद्योगिक क्षेत्रको डिपिआरको काम भएको थियो, तर यो भन्दा थप काम हुन सकेन,’ औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड रुपन्देहीका प्रमुख निमेष अधिकारीले भने ‘स्थानीयको असहमतीले पनि कामले गती लिन नसकेको हो ।’ २०७२ मा औद्योगिक क्षेत्र बनाउने सरकारको निर्णय मुताबिक त्यो जग्गा औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको नाममा पास गरिएको थियो । 
     
    उनका अनुसार तयहाँ बस्दै आएका स्थानीयहरुसंग उनिहरुको ब्यवस्थापनका समबन्धमा सहमती भैसकेको थिएन । ‘उहाँहरुसंग पटक पटक कुराकानी पनि भएको हो,’ अधिकारीले भने ‘तर उहाँहरुको ब्यवसथापन गर्ने भन्नेमा सहमती भने भैसकेको थिएन, त्यो प्रकृया टुंग्याएर मात्रै काम अघि बढाउने भन्ने थियो ।’
    तर त्यहाँ बस्दै आएका नागरिहरुको व्यवस्थापन समस्या समाधान नहुँदै त्यहाँको थप जमिन पनि क्रमशः अतिक्रमण हुन थाल्यो । फलतः त्यहाँ बनाईएका अतिक्रमणकारीका टहरा हटाउने क्रममा भएको झडपमा आईतबार चारजनाले ज्यान गुमाउनु पर्यो भने थुप्रै घाईते समेत भए ।
    बर्षौँ देखि त्यहाँ बस्दै आएका नागरिकहरुको उचित ब्यवसथापन गरेर औद्योगिक क्षेत्र घोषणा गर्ने सरकारी प्रयास त्यहाँको थप जग्गा अतिक्रमण हुन थालेपछि थप चुनौती बन्दै जान थाल्यो । गत वैशाख देखि त्यहाँको अरु थप जग्गामा नयाँ मान्छेहरुले टहरा हाल्न सुरु गरेका थिए । त्यो बेला स्थानीय प्रशासनले टहरा हटाउँदै आएको थियो । ‘पहिले बसेको बस्ती बाहेकको थप जग्गा पनि नयाँ मान्छेहरुले कब्जा गर्न थाले,’ औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड रुपन्देहीका प्रमुख अधिकारीले भने ‘त्यो बेला पनि प्रशासनले पटक पटक टहरा हटाएको थियो ।’ 


    लगत्तै कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि जिल्लामा जारी गरिएको निषेधाज्ञाका कारण जग्गा अतिक्रम बन्द भयो । ‘बिचमा कोरोनाको दोस्रो लहर सुरु भएपछि लागु भएको निषेधाज्ञाका कारण जग्गा अतिक्रमण रोकियो,’ अधिकारीले भने ‘निषेधाज्ञा हटेपछि फेरी उहि नियती देखिन सुरु भयो ।’
    भदौ २३ गते देखि पुनः उक्त क्षेत्रमा अतिक्रमण गर्नेहरु मोतीपुरको नदी उकास क्षेत्रमा सकृय बन्न थाले । प्हरीले त्यसयता दिनहुँजसो त्यहाँ बनाईएका टहरा भत्काउँदै आएको थियो । ‘हरेक दिन प्रहरी पुगेर टहरा हटाउँछ, तर अर्को दिन फेरी उस्तै टहरा बनिसकेका हुन्छन्,’ एक प्रहरी अधिकारीले भने ‘उनिहरु जसरी पनि त्यहाँको जमिन कब्जा गरेरै छोड्ने मनसायमा रहेछन् ।’
    अतिक्रमणकारीहरुको सकृयता बढ्दै जान थालेपछि स्थानीय प्रशासनले उक्त जमिनको सुरक्षा सशस्त्र प्रहरीले गर्ने भन्ने निर्णय १५ असोजमा गरेको थियो । सो अनुसार सशस्त्र प्हरीले उक्त क्षेत्रमा निगरानी बढाईरहेको थियो । ‘सशसत्र प्रहरी अस्थायी शिबिर खडा गरेरै त्यहाँ बस्ने भन्ने निर्णय भएको थियो,’ ति प्रहरी अधिकारीले भने ‘सम्वतः दसँै लगत्तै शिविर सञ्चालन गरेर बस्ने योजना थियो ।’ 
    २३ भदौ देखि अतिक्रमकारी र प्रहरी बिचको जुहारीले आईतबार भने ठूलो रुप लियो । दसैँ अगाडी नै उक्त जमिन खाली गर्ने भन्ने मनसायमा स्थानीय प्रशासन थियो । सो अनुसार बिहानै देखि प्रहरी परिचालन गरिएको थियो । ‘बिहान प्रहरी गएर टहरा हटायो,’ ति प्रहरी अधिकारीले भने ‘पछि उनिहरु उग्र बनेर प्रहरसिंग भिड्न आईपुगे ।’ ति अधिकारीका अनुसार प्रहरीले त्यो बेला संयमता कायमै राखेको थियो । आँफूहरु माथि ढुंगा मुडा प्रहार हुन थालेपछि प्रहरीले सुरुमा ५३ सेल अश्रुग्याँस प्रहार गरेको थियो । तर पनि स्थिती सामान्य बनेन । ‘प्रहरी माथि नै पेट्रोल बम प्रहार भयो,’ ति प्रहरी अधिकारीले भने ‘अनि प्रहरीले गोली चलाउनु परेको हो ।’ भदौ २३ यता त्यहाँ जग्गा अतिक्रमण गर्न खोज्नेहरुको संख्या दिनहुँ बढिरहेको थियो । आईतबार ठूलो संख्यामा जम्मा भएका उनिहरु प्रहरीले टहरा फालिदिएपछि प्रहरीमाथि जाईलागेका थिए । 

    को हुन् अतिक्रमणकारी ?

    २०२२ साल देखि बसोबास गर्दै आएको त्यहाँको पुरानो बस्तीले उक्त नदी उकास क्षेत्रको १ सय ३३ बिघा जमिन उपभोग गर्दै आईरहेको छ । उनिहरुले उक्त जग्गा किनबेच समेत गर्दै आईरहेका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान आयोग बनाएपछि त्यहाँ बस्दै आएका स्थानीयले उक्त क्षेत्रमा आफ्ना आफन्तीहरुलाई बसाल्न चाहे । ‘त्यहिँ पहिले देखि बस्दै आएकाहरुले नै आफ्ना आफन्तीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगले जग्गा दिन्छ,कब्जा गर्न आउ भनेर भरेको देखिन्छ,’ प्रहरी अधिकारीले भने ‘बिस्तारै सुरु भएको अतिक्रमणको यो क्रमले ठूलो रुप लिन थाल्यो ।’ 
    पछिल्लो पटक अतिक्रमण गर्ने खोज्नेहरु त्यहिँका स्थानीय भन्दा बाहिरी स्थानका बढि छन् । आईतबार मृत्यु भएका चार जना मध्य पूर्वी नवलपरासीका एकजना र अर्का एकजना कपिलवस्तुका छन् । एकजना रुपन्देहीकै रहेको र मृतक अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार पाल्पा, बागलुङ , कपिलवस्तु, रोल्पा , कञ्चनपुर लगाएका जिल्लाका नागरिकहरु त्यहाँ अतिक्रमणका लागि पुगेका छन् । उनिहरु दिनभर टहरा बनाएर बस्ने र बेलुका घर फर्कने गरेको प्रहरी बताउँछ । ‘गाडी रिजर्भ गरेर पनि मान्छेहरु त्यहाँ जग्गा रोक्नका लागि पुगेको पाईयो,’ प्रहरी स्रोत भन्छ ‘कतिपय तीन तले बिल्डिङ घर भएका मालिकहरुले भाडामा मान्छे प्रयोग गरेर समेत जग्गा अतिक्रमणमा खटाएको पाईयो ।’ उनिहरुले जग्गाको प्लट निर्माण गरेर अतिक्रमण गरेका थिए । 


    तेस्रो आँखा