काठमाडौं । दसैँअघि सेयर कारोबार गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहनेछ ।
त्यसपछि आइतबार असोज १६ गतेबाट भने दसैंको बिदा सुरु हुनेछ । तसर्थ असोज २३ गते आइतबारबाट भने दसैंको बिदा सकिन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि शुक्रबार (असोज १४ गते) बाट बिदा पाउनेछन् ।
दसैँमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब एक साताका लागि बन्द रहनेछ । त्यसैले, आज (बिहीबार) सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।
