• ट्रेण्डिङ्ग :
महाधिवेशनको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला

महाधिवेशनको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला


  • 5.8K
    SHARES
    • आश्विन २६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    महाधिवेशनको प्रक्रिया तिहार लगत्तै सुरु हुन्छः महामन्त्री कोईराला

    नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्ला सहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया सुरु हुने बताए।

    images

    उनले भने, “तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ। अब सार्ने अवस्था छैन। महाधिवेशन समायमानै गर्नुपर्छ।” १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए।

    महाधिवेशनमा संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए। उनले भने, “छलफल भइरहेको छ। संस्थापनइतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौ।” आफु, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफु बलियो उम्मेदवार रहेको बताए।

    फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तिव्रता दिइने उनको भनाई थियो। उनले भने, “अहिलेको सरकार गठवन्धनको सरकार हो। यसले पूर्णता पाएको छ। अब राम्रो काम गर्छ।”


    तेस्रो आँखा