• ट्रेण्डिङ्ग :
भ्यानले ठक्कर दिँदा वृद्वाको मृत्यु

भ्यानले ठक्कर दिँदा वृद्वाको मृत्यु


  • 4.6K
    SHARES
    • आश्विन १४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.1K Views

    भ्यानले ठक्कर दिँदा वृद्वाको मृत्यु

    तनहुँ । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो । 

    images

    सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

    चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # वृद्वाको मृत्यु

  • तेस्रो आँखा
    लेखकबाट थप