• ट्रेण्डिङ्ग :
आजको मौसम
यी प्रदेशमा वर्षाको सम्भावना

यी प्रदेशमा वर्षाको सम्भावना


  • 4.1K
    SHARES
    • आश्विन २४, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 6.3K Views

    यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा  भइरहेको छ। 
      
    महाशाखाका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा  सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारि वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ।  
      
    यस्तै सोमबार राति देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशका केहि  स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

    images

     सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ ।


    तेस्रो आँखा