काठमाडौं । कैलाली र बर्दियामा बेलुकासम्म नै डुबानको जोखिम बढेको छ । कर्णालीमा चिसापानी केन्द्रमा जलसतह १२ दशमलव २ मिटर पुगेकोले जोखिम बढेको हो ।
कर्णाली नदीमा १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।
कर्णाली नदीमा पानीको सतहले यी दुवै तहपार गरेकाले जोखिम उच्च छ । बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेहरुलाई बेलुकासम्म नै अग्लो ठाउँमा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
