• ट्रेण्डिङ्ग :
कथा कर्णाली
हुम्लामा एक गर्भवतीको मृत्यु

हुम्लामा एक गर्भवतीको मृत्यु


  • 7.5K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    हुम्लामा एक गर्भवतीको मृत्यु

    सिमकोट । चार दिनदेखि  रक्तश्रावले छटपटाइरहेकी एक गर्भवतीको हवाई हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालीकोटबाट हेलिकोप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका ७, रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो ।

    images

    छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

    उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालीकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका  सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्किएको जनाइएको छ । 

    • फाइल फोटो/ सर्केगाड 

  • सम्बन्धित विषय:

  • # कथा कर्णाली

  • तेस्रो आँखा
    लेखकबाट थप