• ट्रेण्डिङ्ग :
पहिरोकाे वितण्डा
पहिरोकै बीचमा दुई सय परिवार

पहिरोकै बीचमा दुई सय परिवार


  • 5.6K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    पहिरोकै बीचमा दुई सय परिवार

    बाजुरा । अविरल वर्षाका कारण बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकात्तिक खापर गाउँपालिका १, साप्पाटाको खोली गाउँमा पहिरो जाँदा दुई सय घर उच्च जोखिममा परेका छन्  । गाउँको चारैतिरबाट पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीय उज्ज्वल विकले जनाए ।

    images

    उनका अनुसार, गाउँको चारैतिरबाट पहिरो खस्‍न थालेको छ । सुरक्षित ठाउँमा जाने कतै बाटो नभएपछि पहिरोकै बीचमा स्थानीय बसेको उज्‍जलले जानकारी दिए ।

    पहिरोले स्थानीयवासीका गाईगोरु, भैँसी, भेडाबाख्रा बगाएर क्षति पुर्‍याएको विकको भनाइ छ । बस्तीमा रहेका दुई सय परिवारलाई पहिरो नरोकिएदा उद्धार गर्न समस्या भएको छ । बाढीपहिराका कारण उक्त बस्तीमा जाने कतै बाटो नभएपछि उनीहरुले उद्धारका लागि तत्काल पहल गर्न माग गरेका छन् ।

    पहिरोबाट विस्थापित भएका उनीहरुले सुरक्षित स्थानमा लैजान रुवाबासी चलेको प्रत्यक्षदर्शी विक बताउँछन् । उद्वार हुन नसक्दा दुई परिवारका स्थानीयवासी भोकभोकै पहिरोको त्रासमा बसेका छन् । स्वामीकार्तिकको विर्मामा कर्णाली नदीले पुल बगाएपछि उद्वारमा कठिनाइ भएको गाउँपालिकाले जनाएको छ ।

    लगातारको वर्षाले पहिरो झरेपछि बस्ती नै बग्ने सम्भावना बढेको छ । उक्त बस्तीका स्थानीयवासीलाई उद्धार गर्नका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायासहितको टोली पहिरो प्रभावित क्षेत्रमा गएका छन् ।

    पहिरो गएको क्षेत्रमा पुगेर क्षतिको विवरण र विस्थापित परिवारको तथ्यांक संकलन गरी सुरक्षित स्थानमा सार्न तत्काल राहत उपलव्ध गराउने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

    जिल्लाको पूर्वी उत्तरी भेगका बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नान गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित भएर विस्थापित भएकाको उद्धार र राहत वितरण र क्षतिको विवरण संकलन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको टोली खटाइएको छ ।

    चार पालिकामा बाढीपहिरोबाट बढी प्रभावित भएको खबर आउन थालेपछि जिल्ला विपत् समितिले बुधबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकारसहितको टोलीले राहत वितरण,उद्धार र क्षतिको विवरण संकलन गर्ने गरी टोली खटाइएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । 

    • फाइल फाेटाे । 

  • सम्बन्धित विषय:

  • # पहिरोकाे वितण्डा

  • तेस्रो आँखा
    लेखकबाट थप