• ट्रेण्डिङ्ग :
इस्टर्न हाइड्रोपावरको आईपीओ निस्कासन, कसले दिन पाउँछन् आवेदन ?

इस्टर्न हाइड्रोपावरको आईपीओ निस्कासन, कसले दिन पाउँछन् आवेदन ?


  • 5.0K
    SHARES
    • आश्विन २८, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    इस्टर्न हाइड्रोपावरको आईपीओ निस्कासन, कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निस्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निस्कासन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निस्कासन गरेको हो।

    images

    कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निस्कासन गरेकोमा बाँकी रहेको ५० हजार ३१० कित्ता शेयर सहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निस्कासन गरेको हो । 

    यसमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। 
     
    सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीले निस्कासन गरेको शेयरमा छिटोमा कार्तिक १ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे कार्तिक १४ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको शेयर निस्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

  • सम्बन्धित विषय:

  • # आईपीओ खुल्यो

  • तेस्रो आँखा