• ट्रेण्डिङ्ग :
पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 4.9K
    SHARES
    • आश्विन ३०, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

    images

    उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र लमजुङको दोर्दी गाँउपालिका ९, तत्कालीन ढोढेनी र फलेनी गाविसका वडा नं. ६ र ७ का बासिन्दाका लागि ३० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता र लमजुङका बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरिनेछ ।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आज बैंकिङ समयसम्म आवेदन दिने सक्नेछन् । लगानीकर्ताले उक्त आईपीओमा ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टर, एनएमबि बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीसहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 


    तेस्रो आँखा