• ट्रेण्डिङ्ग :
कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना


  • 6.6K
    SHARES
    • कार्तिक ५, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं ।  पश्चिमी पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहेको छ । 

    images

    शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार राति  देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।


    तेस्रो आँखा