• ट्रेण्डिङ्ग :
व्यवसायिक हितका लागि हातेमालो गरौँ : प्रचण्ड

व्यवसायिक हितका लागि हातेमालो गरौँ : प्रचण्ड


  • 10.9K
    SHARES
    • कार्तिक १९, २०७९ शनिबार
    • ३ बर्षs अघि
    • 16.8K Views

    व्यवसायिक हितका लागि हातेमालो गरौँ : प्रचण्ड


    दाङ क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेदवारहरुले यो क्षेत्रका उद्योगी व्यवसायिहरुसंग अन्तरकृया गरेका छन् । घोराही स्थित सभागृहमा भएको कार्यक्रममा उम्मेदवारहरुले व्यवासायिक हितका लागि गठबन्धन अपरिहार्य भएको बताए । 
    कार्यक्रमलाई सम्बोेधन गर्दै दाङ २ (ख) का उम्मेदवार प्रचण्ड विक्रम न्यौपाने गुन्टुले व्यवासायिक हितको बिषय राज्यको दायित्व भित्र पर्ने भएपनि यो दायित्व बहन हुन नसकेको बताए । व्यवसाय क्षेत्र देशको आर्थिक स्रोतको मेरुदण्डका रुपमा रहेको भएपनि व्यवसायिक क्षेत्र प्रति अनुुदार हुनुले व्यवसायिक क्षेत्र धरासायी बन्दै गएको बताए । ‘राज्य र व्यवसायिहरु बीचको सम्बन्ध बाबु र छोराको जस्तै हो भन्छन्,’ उनले भने ‘तर छोरा छोरीको हेरचाह गर्ने दायित्व बाउको हुन्छ कि हुँदैन ? खोई त बाबु, छोरा प्रति उत्तरदायि बनेको ?’ 

    images

    व्यवसायिक सुरक्षाका निम्ती राज्यलाई उत्तरदायि बनाउनु पर्ने टड्कारो आवश्यक्ता रहेको भन्दै उनले यसका लागि आफू भिड्ने समेत बताए । ‘राज्यलाई व्यवसायिक सुरक्षाका निम्ती उत्तरदायि बनाउनै पर्छ, अन्यथा व्यवसायिक सुरक्षाको बिषय ओझेलमा परिरहन्छ,’ उनले भने ‘राज्यलाई व्यवसायिक सुरक्षाका निम्ती उत्तरदायि बनाउन म अहिले फिल्डमा छु, र त्यो तागत र सक्षमता म राख्छु पनि ।’ अहिले बैंक ब्याजमा गरिएको चरम बृद्धिले व्यवसायिक क्षेत्रलाई थप धरासायी बनाईएको समेत उनले बताए ।

    ‘अहिले बैंकको ब्याज बढाएर तपाईहरुलाई थप मर्कामा पारिएको छ,’ उनले भने ‘तपाईहरु माथि गरिएको यो अन्यायका बिरुद्ध म पनि तपाईहरुसंगै छु, हामी सबै मिलेर हातेमालो गरौँ ।’
    जिल्लाको व्यवसायिक क्षेत्रको उन्नयनका लागि पर्यटकको आवागमन बलियो आधार रहेको भन्दै पर्यटकहरुको आवागमनका बिषयमा सोच थालिनु पर्ने समेत उनले बताए । भारतीय पर्यटकलाई मात्रै दाङमा भित्र्याउन सके दाङको व्यवसायिक क्षेत्रले ठूलो फड्को मार्ने उनको भनाई छ । 

     


     


    तेस्रो आँखा