• ट्रेण्डिङ्ग :
करको दर परिवर्तन गरेको बारे गण्डकी प्रदेश सरकारलाई आयोगको स्पष्टीकरण

करको दर परिवर्तन गरेको बारे गण्डकी प्रदेश सरकारलाई आयोगको स्पष्टीकरण


  • 4.7K
    SHARES
    • कार्तिक २०, २०७९ आइतबार
    • ३ बर्षs अघि
    • 7.3K Views

    करको दर परिवर्तन गरेको बारे गण्डकी प्रदेश सरकारलाई आयोगको स्पष्टीकरण


    निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ ।

    images

    यस्तै आयोगले प्रतिनिधि सभा सदस्य दाङ क्षेत्र नम्बर ३ का नेकपा एमालेका उम्मेदवार कोमल ओलीलाई निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गतमा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । 


    तेस्रो आँखा