• ट्रेण्डिङ्ग :
प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा

प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा


  • 1.4K
    SHARES
    • बैशाख ३१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 2.1K Views

    प्रचण्ड, देउवा र ओली आज पनि छलफलमा

    काठमाडौं, ३१ बैशाख । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।

    images

    प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन ।

    तीन दलका शीर्ष नेताहरुमात्र पटक-पटक छलफलमा बस्दा शंका उत्पन्न भएको रास्वपाका सभापति रवि लामिछानेले बताएका थिए ।"

     


    तेस्रो आँखा