• ट्रेण्डिङ्ग :
सेयर बजारमा दोहोरो अंकको गिरावट 

सेयर बजारमा दोहोरो अंकको गिरावट 


  • 3.0K
    SHARES
    • जेठ १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    सेयर बजारमा दोहोरो अंकको गिरावट 

    दाङ १६ जेठ 
    बजेटपछिको पहिलो कारोबार दिनमै सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ । मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आयो । ९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने ३ वटाको स्थिर रह्यो ।

    images

    मंगलबार कारोबार रकम २ अर्ब ३० करोड नाघेको छ । ७० लाख ७४ हजार कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । बजारमा सबै उपसूमह रातो भए । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, सिटिजन्स म्युचअल फन्ड–१, सामुदायिक लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाए ।

     


    तेस्रो आँखा