तेस्रो आँखा
काठमाडौं, ४ मंसिर । आइतबार नेवार समुदायले योमरी पुन्ही मनाइरहेका छन् । सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्धीत समुदायलाई मात्र बिदा दिएको छ ।
काठमाडौं उपत्यकामा नेवार समुदायले योमरी पुन्ही मनाइरहेका छन् । यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने योमरी खाने चलन छ ।

आजको दिन योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आरधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।








तस्वीर :कारखाना
