• ट्रेण्डिङ्ग :
कोशी प्रदेशमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा

कोशी प्रदेशमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा


  • 4.1K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    कोशी प्रदेशमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा

    काठमाडौं, २३ जेठ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

    images

    आज मंगलबार बसेको प्रदेश कमिटी बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिएर एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिए ।

    कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धन बनेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

    माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहने छ । ९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा परेको छ ।

    अब कांग्रेसका २९, माओवादीको १३, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् । अल्पमतमा परेपछि हिक्मत कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । 


    तेस्रो आँखा