- तेस्रो आँखा डेस्क
काठमाडौं, ४ पुस । पछिल्लो समय प्रदेश २ मा स्थिर रहेको कोरोना संक्रमण दर पुनः बढ्न थालेका छ । गत मङ्सिर अन्तिम सातासम्म सङ्क्रमण दर घट्दै गएकामा अहिले पुनः बढ्न थालेको जनाउँदै स्वास्थ्य कार्यालयले सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार विगत एक साताको अवधिमा संक्रमितको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको छ । नयाँ संक्रमित थपिएकामध्ये अधिकांश धनुषाकै रहेको निर्देशनालयले जनाएको छ ।
गत मङ्सिर १८ गते प्रदेशमा ३४ कोरोना संक्रमित रहेकामा यही पुसको ३ गतेसम्ममा संक्रमितको सङ्ख्या ६५ पुगेको स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिए ।
ती मध्ये ६२ होम आइसोलेसनमा रहेका छन् भने तीन चिकित्सकको निगरानीमा छन् । प्रदेशमा ६५ कोरोना संक्रमित रहेकामा धनुषामा मात्र ३५ सक्रिय संक्रमित छन् । त्यस्तै महोत्तरीमा १६, सिरहामा पाँच, सर्लाहीमा तीन, पर्सामा चार, सप्तरीमा एक र बारामा एक जना कोरोनाको सक्रिय संक्रमित रहेको जनाएको छ ।
