• ट्रेण्डिङ्ग :
घोराही सिमेन्टले सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि आइपिओ निष्कासन गर्ने 

घोराही सिमेन्टले सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि आइपिओ निष्कासन गर्ने 


  • 8.3K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 12.7K Views

    घोराही सिमेन्टले सर्वसाधारणका लागि जेठ ३२ गतेदेखि आइपिओ निष्कासन गर्ने 

    दाङ, २४ जेठ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

    images

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको सेयर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

    कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता  सेयर निष्कासन गर्नेछ।

    कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरेर बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो। उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। 

    कम्पनीको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असार १४ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

    कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।


    तेस्रो आँखा