• ट्रेण्डिङ्ग :
लगातार तेस्रो दिन पनि बढ्यो नेप्से

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से


  • 4.1K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    लगातार तेस्रो दिन पनि बढ्यो नेप्से

    दाङ २५ जेठ/  
    सेयर बजार लगातार तेस्रो दिन समेत वृद्धि भएको छ । बिहीबार ७.२७ अंकले बढेको बजार १९३९.६१ विन्दुमा उक्लिएको छ । बिहीबार बजार ०.३८ प्रतिशतले बढेको हो । यस दिन कुल २७३ धितोपत्रको ४३ हजार १२८ कारोबारबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच भएको छ । यो किनबेचबाट २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

    images

    बिहीबार बैंकिङ, होटल एण्ड टुरिजम, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचकमा वृद्धि देखियो । दोल्ती पावर र भूगोल इनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । मनकामना स्मार्ट लघुवित्तको मूल्य समेत बढ्यो ।
    रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.६४ प्रतिशतले गुमाए । खप्तड लघुवित्तको सेयर समेत धेरैले घटेको छ ।


    तेस्रो आँखा