• ट्रेण्डिङ्ग :
सेयर बजारमा ४०.४८ अंकको वृद्धि

सेयर बजारमा ४०.४८ अंकको वृद्धि


  • 3.3K
    SHARES
    • जेठ २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    सेयर बजारमा ४०.४८ अंकको वृद्धि

    दाङ २८ जेठ / 
    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ । २.०९ प्रतिशतले बढेको बजार १९८०.०९ विन्दुमा उक्लिएको छ । आइतबार सबै उपसूचकहरु हरियाली देखिए ।

    images

    सबैभन्दा धेरै लगानी उपसूचक (५.११ प्रतिशत) मा वृद्धि भयो । आइतबार २७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । आइतबार ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेवलमा बढ्यो । सिटी होटल आइतबारदेखि कारोबारमा आएको हो ।

    गुहेश्वरी मर्चेण्ट, रियलाइन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । आइतबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । नागरिक लगानी कोष, शिवमः सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

     


    तेस्रो आँखा