दाङ ५ असार /
राप्ती गाउँपालिकाको नीति तथा कार्यक्रम सोमवार संशोधन सहित पारित भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले आइतबार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा यस आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य, शिक्षा, कृषि र उद्यमशिलतामा जोड दिंदै १७ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रम उपर छलफलका लागि सभाका सदस्यहरुले थप १ दिनका लागि समय मागे पछि सोमवारका लागि बैठक स्थगित गरिएको थियो । सोमवार पुन बसेको बैठकमा सभाका सदस्यहरूले केहि बुँदा संशोधन गर्न माग गरेका थिए । अध्यक्ष विष्टले बैठकमा उठेका प्रश्नको जवाफ सहित केही बुदाहरु संशोधन भएको बताएपछि निति तथा कार्यक्रम पारित भएको हो ।
समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी“ भन्ने मूल सोचका साथ तथा युवा तथा महिला उद्यमशिलतामा राप्ती गाउँपलिका पहिला भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । दोस्रो गाउँसभाको तेस्रो अधिवेशनको चौथो बैठक आगामी असार आठ गते शुक्रबार दिउसो एक बजे पुनः बस्ने बताइएको छ।
