• ट्रेण्डिङ्ग :
गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन


  • 3.7K
    SHARES
    • आषाढ ५, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

    धनगढी, ५ असार । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

    images

    सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

    दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

    मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।kohalpur-medical-college-about-Prithi-bahadur-Singh.jpg


    तेस्रो आँखा