• ट्रेण्डिङ्ग :
मंगलबार सुन चाँदीको मूल्यमा गिरावट

मंगलबार सुन चाँदीको मूल्यमा गिरावट


  • 5.7K
    SHARES
    • पौष ६, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    मंगलबार सुन चाँदीको मूल्यमा गिरावट

    काठमाडौं, ६ पुस । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

    images

    महासंघका अनुसार मंगलबार छापावाल सुनप्रति १० ग्राम ७९ हजार ७ सय ३५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३ सय ५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

    मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । म‌ंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ।  सोमबार चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम १ हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।


    तेस्रो आँखा