• ट्रेण्डिङ्ग :
कोशीमा नयाँ सरकार गठनको आह्वान

कोशीमा नयाँ सरकार गठनको आह्वान


  • 3.1K
    SHARES
    • आषाढ १७, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    कोशीमा नयाँ सरकार गठनको आह्वान

     विराटनगर, १७ असार । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् ।

    images

    अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।


    तेस्रो आँखा