• ट्रेण्डिङ्ग :
आज पनि सेयर बजारमा उच्च अंकको गिरावट 

आज पनि सेयर बजारमा उच्च अंकको गिरावट 


  • 3.3K
    SHARES
    • आषाढ १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    आज पनि सेयर बजारमा उच्च अंकको गिरावट 

    दाङ १८ असार/ 
    लगातार तेस्रो दिन पनि सेयर बजार उच्च अङ्‍कले घटेको छ । गत साता बुधबारदेखि घट्न थालेको नेप्से सोमबार २१.३२ अङ्‍कले घटेजर २०७५.९७ विन्दुमा झरेको छ । यो १.०२ प्रतिशतको गिरावट हो ।

    images

    सोमबार २७६ धितोपत्रको ६४ हजार ८६८ कारोबारबाट ९४ लाख १८ हजार ९५२ कित्ता कारोबार भएको छ । घटेको बजारमा लगानीकर्ताले सेयर बिक्री गर्न नचाहेको देखिएको छ । त्यसो हुँदा सोमबार कारोबार रकम ४ अर्ब ५ करोड १० लाखमा सीमित भएको छ ।

    यसले किन्न चाहने लगानीकर्ता पनि पर्ख र हेरको स्थितिमा रहेको देखिन्छ । होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् । सोमबार सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटलसहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।


    तेस्रो आँखा