• ट्रेण्डिङ्ग :
लुम्बिनीको बिनियोजन विधेयक पारीत 

लुम्बिनीको बिनियोजन विधेयक पारीत 


  • 4.0K
    SHARES
    • आषाढ २०, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.1K Views

    लुम्बिनीको बिनियोजन विधेयक पारीत 

    दाङ, २० असार । लुम्बिनी प्रदेशसभाले बिनियोजन विद्येयक पारीत गरेको छ । प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/०८१ को सेवा र कार्यको लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिति कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक बहुमतले पारीत गरेको हो । 

    images

    बुधबार बसेको दोस्रो अधिवेशनको १७ औं बैठकले उक्त विद्येयक पारित गरेसंगै ‘प्रदेश विनियोजन ऐन २०८०’ नामाकरण गरिएको छ । यस अघिका बैठकमा प्रतिपक्ष दल एमालेका सांसदहरुले अबरोध गरेपछि छलफल हुन सकेको थिएन । मंगलबार साँझ सभामुखको रोहबरमा मुख्यमन्त्री डिल्ली चौधरी, अर्थमन्त्री धनबहादुर मास्कीसहित प्रतिपक्ष दलका नेताहरुसंग छलफल भएपछि बुधबार बैठक सहज रुपमा चलेको थियो । मुख्यमन्त्री चौधरीले प्रतिपक्ष दलका नेताको मागमा गम्भीर रहेको भनि सभालाई सम्बोधन गरेपछि प्रतिपक्ष दलका सांसहरुले सभालाई सहज रुपमा सञ्चालन गर्न दिएका थिए । यस अघि प्रदेशसभाले राजश्व र व्ययको अनुमान पारीत गरेको थियो । 

    आजै अर्थमन्त्री मास्कीले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ पेश गरेका छन् । सोही विधेयकमाथि साढे ७ बजेदेखि छलफल हुँदैछ ।


    तेस्रो आँखा