• ट्रेण्डिङ्ग :
कोशीमा आज उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्ने

कोशीमा आज उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्ने


  • 3.8K
    SHARES
    • आषाढ २१, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.8K Views

    कोशीमा आज उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्ने

    विराटनगर, २१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिंदैछ । प्रदेश प्रमुखले दिएको समय सीमाभित्र माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जसपाको समर्थनमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्ने तयारी गरेका छन् ।

    images

    गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले निर्णय नदिएकाले गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई पनि जोडेर दाबी पेश गर्ने तयारी गरेका छन् । राप्रपाले तत्काल निर्णय नदिएका कारण सभामुखलाई पनि जोडेर सरकारमा दाबी पेश गर्ने कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राईले बताए । प्रदेश प्रमुख पर्शुराम खापुङले गत १७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न आहृवान गरेका थिए ।

    एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार विश्वासको मत नपाएपछि यही असार १५ गते ढलेको थियो ।


    तेस्रो आँखा