• ट्रेण्डिङ्ग :
आरोहीको शव हिमालमै छाडेर आउन नपाइने

आरोहीको शव हिमालमै छाडेर आउन नपाइने


  • 6.4K
    SHARES
    • आषाढ २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 9.9K Views

    आरोहीको शव हिमालमै छाडेर आउन नपाइने

    काठमाडौँ, २५ असार ।  हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ । नेपाल पर्यटन विभागले हिमाल आरोहणका क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो ।
    पर्यटन विभागका आरोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई बेपत्ता भएको भनी छोडेर आउने प्रवृत्ति बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताए । 

    images


    तेस्रो आँखा